मुगुमा बस दुर्घटना हुँदा २३ जनाकाे ज्यान गयाे

 असोज २६, २०७८ मंगलबार १५:२३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मुगु – मुगुमा बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । दशैँमा घर जाने यात्रु बोकेको बस सडकबाट निकै तल खसेकाे प्रमुख जिल्ला अधिकारी महतको भनाइ छ ।

अहिले प्रमुख जिल्ला अधिकारी महत र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ । घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर घटनास्थलतर्फ गएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • J S.Karki

    Oct. 12, 2021, 5:37 p.m.

    यो चाड पर्व को बेलामा नै धेरै दुर्घटना हुने गर्छ। कसै कसैलाई धेरै पैसा कमाउन सकिन्छ कि भन्ने होला कसैलाई छिटो घर पुग्ने हतार। यस्तो बेलामा प्रशासन ले अलि बढी ध्यान दिएमा राम्रो हुने थियो कि।

  •  0 Reply

तपाईको प्रतिक्रिया