२४ घण्टामा १४ सङ्क्रमितकाे ज्यान गयाे, ७ सय ९२ जनामा काेराेना पुष्टि

 असोज २६, २०७८ मंगलबार १७:१७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । आज थपिएका १४ जनासहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा सात सय ९२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ६ सय १९ जनाको नमुना परीक्षण गर्दा सात सय ९२ जना अर्थात् आठ दशमलव २३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । याेसहित नेपालमा अहिलेसम्म पीसीआर र एन्टिजेनबाट गरिएकाे परीक्षणमा आठ लाख ९६ हजार सात सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै थप नौ सय १० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७७ हजार सात सय ४१ पुगेको छ । अहिले १४ हजार पाँच सय ५४ जना सक्रिय सङ्क्रमित रहेकोमा तीन सय ६ जनाको आईसीयू र एक सय दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

२४ घण्टामा थप ६९ हजार आठ सय २४ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया