मुगु बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे, घाइते १५ जनालाई नेपालगञ्ज पुर्‍याइयाे

 असोज २६, २०७८ मंगलबार १७:३७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मुगु – मुगुमा बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिनामा सडकबाट खस्दा २८ जनाको ज्यान गएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो । 

दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनालाई नेपाली सेना र समिट एअरको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्जका अस्पतालमा पुर्‍याइएकाे पनि प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयो । सामान्य घाइते भएका एक जनालाई भने उपचारका लागि गमगढी पठाइएकाे छ । 

मृतकको सनाखतका लागि गमगढी अस्पताल पठाउने तयारी भइरहेको छ । तर मृतकलाई अस्पतालसम्म लैजान समस्या रहेकाले भोलि बुधवार बिहानसम्म मात्रै सबैको सनाखत गर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

बसमा ४५ जना यात्रु रहेको अनुमान गरिएको महतले जानकारी दिनुभयो । बस भिरबाट निकै तल खसेकाले भिर र रुखमा पनि मृतक र घाइते अड्किएको हुन सक्ने शङ्कामा खोजी भइरहेको छ । 

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टराई सहितको टोली खटिएको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया