बाग्मती प्रदेशमा सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोकामा रहेकाे दशैँ घरमा भित्र्याइएको छ । नेपालीहरूको महान् पर्व बडादशैँको सातौँ दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकामा रहेकाे दशैँ घरमा भित्र्याइएको हो ।
आज मङ्गलवार बिहान ८ः२५ को साइतमा गोरखा दरबारबाट निकालिएको फूलपाती दिउँसाे साढे ४ बजे बाजागाजासहित दशैँघरमा भित्र्याइएको छ । अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रूपमा दशैँघरमा भित्र्याइएको हो ।
नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको छ ।
राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाण्डाैमाथि विजय पाएपछि काठमाण्डाैलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरबारको फूलपाती काठमाण्डाैकाे हनुमान ढोका ल्याउने प्रचलन सुरु भएको बताइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।