टुँडिखेलमा फूलपाती बढाइँ, तस्बिरमा हेर्नुहाेस्

 असोज २६, २०७८ मंगलबार १८:५१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालीहरूको महान् चाड विजया दशमी (दशैँ) को सातौँ दिन आज मङ्गलवार सैनिक मञ्च टुँडिखेलमा फूलपाती हर्षबढाइँ गरिएको छ ।

टुँडिखेलमा अयोजित फूलपाती हर्षबढाइँ कार्यक्रममा सेनाको सलामी लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभएको थियो । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति नेपाली सेनाको परमाधिपति भएकाले उहाँलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकट्ठा बढाइँ गरेको छ ।

बढाइँ कार्यक्रममा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतको उपस्थिति थियो ।

कोरोना सङ्क्रमण महामारीका कारण यस वर्ष पनि बढाइँ कार्यक्रम छोटो बनाइएको थियो भने स्वास्थ्य मापदण्ड पालना गराइएको थियो ।  

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया