कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै - ललितपुरमा लिच्छविकालीन मानमानेश्वरी भवानीलाई मङ्गलबजारमा रहेको पाटन दरबार क्षेत्रको मूलचोकमा भित्र्याइएको छ । हिजो फूलपातीको दिन मानमानेश्वरी भवानीलाई मु छेँ आँगमबाट मूलचोकमा रहेको मु छेँ माजुको देवालयमा भित्र्याइएको हो। यससँगै ललितपुरमा खड्ग जात्रा सुरू भएको छ।
घटस्थापनाको दिनदेखि साधना गरिएको भवानीको मूर्ति र पौराणिक तीन खड्गलाई विधिवत पूजाआजा गरी ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन लगायतको उपस्थितिमा हिजो बाजागाजासहित मूलचोकमा भित्र्याइएको हो।
जात्राको क्रममा नवमीका दिन महालक्ष्मीस्थानबाट पाटन दरबार क्षेत्रसम्म खड्ग जात्रा सञ्चालन गरिनेछ भने दशमीका दिन ठेचोको नवदुर्गा नाचका देवगणलाई मानमानेश्वरी भवानीबाट टीका थाप्नको लागि पाटन दरबारमा ल्याइनेछ। त्रियोदशीका दिन मानमानेश्वरी भवानीलाई मूलचोकबाट मु छेँ आँगममा नै फर्काइनेछ।
यो जात्रा २०५० सालदेखि विभिन्न कारणले सञ्चालन हुन नसकेकोमा २०७५ सालमा ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य सङ्घ, गुथि संस्थान, गुथियारहरू लगायतको पहलमा पुनः सञ्चालन भएको हो। यसवर्ष ललितपुर महानगरपालिकाले जात्रामा सहभागी हुनेहरूको लागि बीमाको व्यवस्था गरेको छ भने जात्रा सञ्चालनको लागि २५ लाख रूपैयाँको अक्षयकोषको पनि स्थापना गरेको छ।
गएको वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण यो जात्रा साङ्केतिक रूपमा मात्र गरिएको थियो । खड्गसिद्धी र शक्ति साधनासँग सम्बन्धित मानमानेश्वरी भवानी लिच्छवि राजा मानदेवको इष्टदेवी रहेको मान्यता छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।