बाग्मती प्रदेशमा सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुलेको छ।
दुर्घटनामा छायाँनाथ रारा नगरपालिका-७ की १९ वर्षकी लग्न सेजुवाल, उहाँका २ वर्षका छोरा, २१ वर्षकी अमृता शाही राणा, ४–५ वर्षका आयुष राणा, २२ वर्षका महेन्द्र शाही र २० वर्षकी मनदेवी बमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यस्तै, छायाँनाथ रारा नगरपालिका १० की १८ वर्षकी पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षकी प्यारी विक (कामी), ३५– ३६ वर्षका दानबहादुर रावल, २२ वर्षका सन्तोष बिकालुको ज्यान गएको छ ।
त्यसैगरी, वडा नम्बर १२ का २२ वर्षका छाता साउद, वडा नम्बर १० की २० वर्षकी सरिता खड्का, १८ वर्षका अमर साउद र २२ वर्षका सुनबहादुर विक, वडा नम्बर १४ का २२ वर्षका कर्णसिंह बुढा, १९ वर्षका शिव बुढा र २० वर्षका रुपसिंह कार्की, वडा नम्बर १ की २३ वर्षकी चन्द्रादेवी मल्ल, वडा नम्बर ६ की १९ वर्षकी राममाया धामी, वडा नम्बर ११ का २२ वर्षका प्रकाश बुढा, वडा नम्बर ५ का २९ वर्षका अजय कार्की, ३२ वर्षकी कमला बीसी राउतको ज्यान गएको छ ।
यस्तै, दुर्घटनामा मुगुको सोरु गाउँपालिका ३ का २५ वर्षका मनरुप कुमाल र बाँके जिल्लाका २२ वर्षका प्रदीप स्वर्णकारको पनि ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाएका अन्य चार जनाको भने परिचय खुल्न बाँकी छ । दुर्घटनामा २० पुरुष, १० महिला र दुई जना बालबालिकाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पुष्टि गर्नु भएको छ ।
११ जना घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ । दुई वर्षकी एक बालिकालाई भने सामान्य मात्रै चोट लागेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो । हिजो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।
बसमा ४५ जना थिए । ब्रेक फेल भएर बस दुर्घटना भएको अनुमान गरिए पनि पुष्टि भएको छैन । घटनाको अनुसन्धान भइरहेको छ । दुर्घटना पछि मुगु जिल्ला शोकमा डुबेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।