नेपाली फुटबल टाेलीलाई प्रधानमन्त्री देउवाको बधाई

 असोज २८, २०७८ बिहिबार ८:५०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टाेलीलाई बधाई दिनुभएकाे छ । 

 प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत नेपाली टाेलीलाई बधाई दिनुभएको हो । उहाँले आउँदाे खेलका लागि शुभेच्छासहित नेपाली टाेलीलाई प्रोत्साहन पनि प्रदान गर्नुभएको छ । 

हिजाे भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । 

उहाँले लेख्नुभएको छ 'साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया