अमेरिकी सामानमा १५ प्रतिशतसम्म थप कर लगाउने चीनको घोषणा
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिनुभएको छ ।
उहाँले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथम पटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विटर’ मार्फत आज बिहीवार बधाई दिनुभएको हो ।
Bidya Devi Bhandari (@PresidentofNP) October 14, 2021
राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिनुभएको छ ।
हिजाे बुधवार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनशिपको फाइनलमा पुगेको हो । अब फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । बुधवार नै भारतले माल्दिभ्सलाई तीन–एकले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।