आईपीएल क्रिकेटको उपाधिका लागि कोलकाता र चेन्नई खेल्दै

 असोज २९, २०७८ शुक्रबार ८:३०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

खेल राति पौने ८ बजे यूएईको दुबईमा सुरु हुनेछ । चेन्नई पहिलो प्लेअफमा दिल्ली क्यापिटल्सलाई हराएर र कोलकाता दोस्रो प्लेअफमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराएर उपाधि नजिकै पुगेका हुन् ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई र इयान मोर्गनको कप्तानीमा रहेको कोलकाताबीचको फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

अहिलेसम्म चेन्नईले तीन पटक र कोलकाताले दुई पटक आईपीएलको उपाधि जितेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया