मान्यजनको हातबाट टीका लगाउन जानेहरु बढेसँगै काठमाण्डौमा चहलपहल बढ्न थाल्याे

 असोज २९, २०७८ शुक्रबार १५:५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँगै काठमाण्डौमा पुनः चहलपहल बढ्न थालेको छ । 

शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाण्डौ उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो । विजया दशमीका दिन रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ विजया दशमी मनाउने चलन छ । घटस्थापनाका दिन राखिएको जमरा आज दुर्गादेवीको प्रसादको रुपमा लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरिक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ । आजका दिन परिवारका ठूलो सदस्यहरुबाट टीका तथा जमरा लगाइने चलन छ । सर्वसाधारणहरु बडादशैँ मनाउन काठमाण्डौबाट गाउँ फर्किएसँगै महाष्टमीदेखि सुनसान रहेको काठमाण्डौमा पुनः चहलपहल बढ्न थालेको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया