सुर्खेतमा मिनिबस दुर्घटनामा दुई जनाको ज्यान गयो

 असोज ३०, २०७८ शनिबार १८:४४:४४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दैलेखको बेस्तडाबाट वीरेन्द्रनगर आउँदै गरेको  देउती नागरिक यातायात प्रालिको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको मिनिबस वीरेन्द्रनगर १४ लादेमा आज दिउँसो साढे चार बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परेर  दैलेखको नारायण नगरपालिका ११ का  १८ वर्षीय सुशील रावत  र भगवतीमाई गाउँपालिका वडा नं १ का ३४ वर्षीया शान्ता आचार्यको ज्यान गएको हो ।  

ओरालोमा गाडी अनियन्त्रित भइ दुर्घटना भएको बताइएको  छ । दुर्घटनामा  एक जना गम्भीर घाइते र सात जना सामान्य घाइते भएको र उनीहरुको वीरेन्द्रनगरमा उपचार भइरहेको कार्यालयका प्रवक्ता एवंम डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया