फिर्मिन्होको ह्याट्रिकमा लिभरपुलले वाटफोर्डलाई ५ गोलले हरायो

 असोज ३०, २०७८ शनिबार १९:२५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वाटफोर्डलाई हराएको छ । लिभरपुलले वाटफोर्डलाई ५–० गोलले हराएको हो ।

लिभपुरलका लागि रोबर्टो फिर्मिन्होले ह्याट्रिक गरे । उनले ३७, ५२ र ९१ औं मिनेटमा गोल गरे । यस्तै साडियो माने र मोहम्मद सलाहले एक/एक गोल गरे । जितसँगै लिभरपुल १८ अंकका साथ शीर्ष स्थानमा पुगेको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया