पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमण दर चार प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ७७ जनाको नमुना परीक्षण गर्दा चार दशमलव ८४ प्रतिशत अर्थात् तीन सय ९१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा तल झरेको आज आइतवार पहिलो पटक हो ।
आज थपिएका तीन सय ९१ जनासहित नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९८ हजार तीन सय ९९ पुगेको छ ।
यस्तै थप ६ सय ८० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८१ हजार चार सय ५६ पुगेको छ ।
२४ घण्टामा थप ६ सङ्क्रमितकाे ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ८४ पुगेको छ ।
अहिले १२ हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ९९ जनाको आईसीयू र ९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।