टी–२० विश्व कपमा ओमानकाे विजयी सुरुवात

 असोज ३१, २०७८ आइतबार २०:२४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेट आज आइतवारदेखि सुरु भएको छ । उद्घाटन खेलमा आज ओमानले पपुवा न्युगिनीलाई १० विकेटले हराएको छ । पपुवा न्युगिनीले दिएको एक सय ३० रनको लक्ष्य ओमानले १३ ओभर चार बलमा कुनै पनि विकेट नगुमाइ भेट्यायो ।

यसअघि ओमानको अल अमिरातमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले २० ओभरमा नौ विकेट गुमाएर एक सय २९ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ५६ रन बनाए । ओमानका जीसन मक्सुदले चार विकेट लिए ।

विश्व कपको पहिलो चरणमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा खेल्ने टाेलीमध्ये आयरल्यान्ड, नामिबिया, श्रीलङ्का र नेदरल्यान्ड्स समूह 'ए' मा छन् भने बङ्गलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान समूह 'बी' मा रहेका छन् । दुई वटा समूहका शीर्ष दुई/दुई टोली अन्तिम १२ मा पुग्नेछ । 

अन्तिम १२ का खेल आउँदो शनिवारदेखि सुरु हुनेछ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया