आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदै

 कात्तिक १, २०७८ सोमबार १०:१२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । ओमानको अल अमिरात मैदानमा पहिलो चरण अन्तर्गत आयरल्याण्ड र नेदरल्याण्ड तथा श्रीलंका र नामिबिया खेल्दैछन् । आयरल्याण्ड र नेदरल्याण्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यस्तै श्रीलंका र नामिबियाबीचको खेल बेलुका पौने आठ बजे हुनेछ ।

यसअघि हिजो भएको खेलमा ओमान र स्कटल्याण्डले विजयी सुरुआत गरेका छन् । विश्वकपको पहिलो चरणमा आयरल्याण्ड, नामिबिया, श्रीलंका र नेदरल्याण्ड्स समूह ए मा छन् भने बंगलादेश, स्कटल्याण्ड, पपुवा न्युगिनी र ओमान समूह बी मा रहेका छन् । दुई वटा समूहका शीर्ष दुईदुई टोली अन्तिम १२ मा पुग्नेछन् । अन्तिम १२ का खेल आउँदो शनिबारदेखि सुरु हुनेछन् ।  
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया