क्रिकेटको मुख्य प्रशिक्षकका लागि क्यानद्वारा दरखास्त आह्वान

 कात्तिक १, २०७८ सोमबार १०:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक र योग्यता पुगेका व्यक्तिले आफ्नो विवरणसहित आउँदो १४ गते अर्थात् अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने छन् ।

मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मुख्य प्रशिक्षक विहीन छ । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय श्रृंखलापछि ह्वाटमोरले नेपाली टोलीको प्रशिक्षक पद छोडेका हुन् ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया