राखेप सदस्य सचिव सिलवाल बर्खास्त

 कात्तिक १, २०७८ सोमबार १९:५०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेकाे छ । आज साेमवार बसेकाे मन्त्रिपरिषद् बैठकले राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेकाे हाे । 

केपी ओलीकाे सरकारकाे पालामा राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई देउवा सरकारले स्पष्टीकरण साेधेकाे थियाे । त्याे स्पष्टीकरणकाे चित्तबुझ्दाे जवाफ नदिएकाे भन्दै सिलवालाई बर्खास्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे हाे । 

यस्तै देउवा सरकारले सिलवालसहित युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्कालाई स्पष्टीकरण सोधेको थियो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया