टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले नामिबियालाई ७ विकेटले हरायो

 कात्तिक २, २०७८ मंगलबार ७:१२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले नामिबियालाई हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले हराउँदै विजयी सुरुआत गरेको हो ।

नामिबियाले दिएको ९७ रनको लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । श्रीलंकाका भानुका राजपाक्षेले अविजित रहदै सर्वाधिक ४२ रन बनाए । यस्तै अभिष्का फर्नान्डो ३० रनमा अविजित रहे । नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ९६ रन बनाएको थियो । नामिबियाका क्रेग विलियम्सले २९, गेर्हार्ड एरास्मुसले २० तथा जेजे स्मिथले अविजित १२ रन जोडे । नामिबियाका अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकाका महेश थिक्शानाले ३ तथा लाहीरु कुमारा र वाविन्दु हसरंगाले २/२ विकेट लिए । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा हिजो भएको खेलमा आयरल्याण्डले नेदरल्याण्ड्सलाई सात विकेटले हराएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया