धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण, ट्रफीमा कालापत्थरको ढुङ्...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – एएफसी २३ वर्षमुनीको एसियन कप छनोटका लागि नेपाली टोली ताजिकिस्तान प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोली आज बिहान त्यसतर्फ प्रस्थान गरेको जनाएको छ ।
छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेका थिए । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग आउँदो ८ गते अर्थात् अक्टोबर २५ मा खेल्नेछ ।
यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग आउँदो ११ अर्थात् अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग आउँदो १४ गते अर्थात् अक्टोबर ३१ मा खेल्नेछ । छनोट अघि नेपालले आउँदो ५ गते अर्थात् अक्टोबर २२ मा इन्डोनेसियाको २३ वर्षमुनिकाे टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।