स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडाैं - नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिश्रृंखलाहरु मेरी बास्सै, जिरे खुर्सानी र भद्रगोल पुन प्रसारण हुने भएका छन् ।
मिडिया हब र नेपाल टेलिभिजनसँगको तीनवर्षे सम्झौता सकिएसँगै बन्द भएका हास्य टेलिश्रृंखलाहरु यसै महिनाबाट प्रसारण सुचारु हुने पक्का भएको हो ।
मिडिया हबका प्रमुख सोम धितालले प्रत्येक एपिसोडको २ लाख २८ हजार रुपैयाँ नेपाल टेलिभिजनलाई तिर्ने गरी सम्झौता भएको छ ।
मिडिया हबले फेरि एक वर्षका लागि नयाँ सम्झौता गरेको बुझिएको छ ।
यससँगै हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’को प्रसारण मंगलबारबाट नै सुरु भइसकेको छ भने ‘जिरे खुर्सानी’ बिहीबार र ‘भद्रगोल’ शुक्रबार प्रसारण हुने बताइएको छ ।
राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले मेरी बास्सैको निर्देशन गर्ने बुझिएको छ ।
यसैगरी भद्रगोलमा भने अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ सहितको पुरानै टिम रहनेछ । ‘जिरे खुर्सानी’ बाट जितु नेपाल पहिल्यै अलग भइसकेका कारण उनी नरहने बुझिएको छ ।
ऋषि लामिछानेको निर्देशन रहेको टेलिश्रृंखला ‘परिचय’ पनि अर्को साताबाट सुरु हुनेछ । यो श्रृंखलामा सरिता लामिछाने, सरोज खनाल लगायतका कलाकारहरुको प्रमुख भूमिका रहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।