अमेरिकी राष्ट्रपति ट्रम्पलाई दक्षिण अफ्रिकाको जवाफ, किसानको साम...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि भएको दुर्व्यवहारबारे नेपाली कांग्रेसले निन्दा गरेको छ ।
कानुन हातमा लिने, बलजफती र हुल हुज्जत गर्ने कार्य आपत्तिजनक रहेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ । साथै शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका दल र संस्थाले आफ्ना समर्थक र सदस्यलाई त्यसैअनुसारको संस्कार दिनु सम्बन्धित दल र नेतृत्वको कर्तव्य रहने भनिएको छ ।
विज्ञप्तिमा दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न सरकारले अघि बढाएको प्रक्रियालाई स्वागत गरिएको छ । बिहीबार कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जनाविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।