बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
रामेछाप – रामेछापमा माछा मार्ने क्रममा आफैंले बोकेको ब्याट्री शर्ट भएर एक जनाको ज्यान गएको छ ।
तामाकोशी नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा ब्याट्री शर्ट हुँदा मन्थली नगरपालिका–७ चिसापानीका सुरेश माझीको ज्यान गएको हो । उनी गएराति साथीहरूसँग माछा मार्न गएका थिए । उनीसँगै खोलामा गएका पाँच जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
केही वर्षदेखि रामेछापको लिखु, तामाकोशी र सुनकोशी नदीमा रातको समयमा अवैध रूपमा करेन्ट लगाए माछा मार्ने क्रम बढेको छ । नदीमा करेन्ट लगाएर माछा मार्दा नदीमा आश्रय लिएर बस्ने अन्य जलचर पनि मर्ने भएकाले करेन्ट लगाउनेहरूलाई कारबाही गर्नुपर्ने माग उठ्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।