आज देशका केही ठाउँमा हल्कादेखि सामान्य पानी पर्ने

 कात्तिक ७, २०७८ आइतबार ७:३५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यका र आसपासको क्षेत्रको मौसम धुम्मिएको छ ।  

काठमाण्डौको मौसम आज दिनभर नै पूर्ण रुपमा खुल्ने सम्भावना नभएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा आज थोरै समय मलिनो घाम लागे पनि धेरै समय बादल नै लाग्नेछ । यस्तै, आज देशका धेरैजसो ठाउँमा बादल लागेर मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि सामान्य पानी पर्ने सम्भावना छ ।

ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् नगरकोटीले बताउनुभयो । आज हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।  


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया