२ वर्षभित्र १५ लाख पर्यटक भित्र्याउने मन्त्री अधिकारीको दावी

 भदौ १९, २०७५ मंगलबार १८:३५:२५ | उज्यालो सहकर्मी

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले २ वर्ष भित्र मुलुकमा २५ लाख पर्यटक भित्र्याउने दावी गर्नु भएको छ । 

मन्त्री अधिकारीले सन् २०२० को नेपाल भ्रमण वर्षलाई सफल बनाउने गरी आवश्यक योजना बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । नेपाल पर्वतारोहण संघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालको पर्वतारोहण क्षेत्रलाई मुलुकको आर्थिक वृद्धिदरको मेरुदण्डको रुपमा विकास गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको पनि बताउनुभयो ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न पनि पर्यटनसँग सम्बन्धित संघ, संस्थालाई आग्रह गर्नुभयो । उहाँले सरकारले पर्यटन क्षेत्रको विकासका लागि सबै हिमालहरुलाई नामाकरण गर्ने योजना अघि सारेको पनि स्मरण गराउनुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया