गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश राणा सहमत, सोमवार 'फुल कोर्ट' बैठक

 कात्तिक ७, २०७८ आइतबार १५:३१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सर्वोच्च अदालतको दैनिक पेसी गोलाप्रथाका आधारमा तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत हुनुभएको छ । 

सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आज आइतवार भएको छलफलमा जबराले भाेलि सोमवार अदालतको 'फुल कोर्ट' बैठक बोलाउने सहमति जनाउनुभएको हो ।

भाेलि 'फुल कोर्ट' को बैठक बसेपछि पर्सि मङ्गलवारदेखि नमुना गोलाप्रथा सुरु गर्ने सहमति जुटेको भेटमा सहभागी नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । 

नेपाल बार र सर्वोच्च अदालतबीच विवाद बढ्दै गएपछि बारका प्रतिनिधिहरूले आज प्रधानन्यायाधीश जबरासँग भेट गरेका हुन् ।

भेटका क्रममा प्रधानन्यायाधीश राणाले सरकारसँग आफूले कुनै पनि भागबन्डा नमागेको र बाहिर आएका कुरा सत्य नभएको बताउनुभएको भेटमा सहभागी बारका महासचिव लीलामणि पौडेलले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया