आजको मौसम : केहीबेर घाम, केहीबेर फेरि बादल

 कात्तिक ८, २०७८ सोमबार ७:१८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली रहने मौसमविद्ले बताएका छन् ।

केही ठाउँमा घाम लागे पनि आज  पूरै मौसम सफा भने नहुने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँकाअनुसार आज केहीबेर घाम लाग्ने र केहीबेर फेरि बादल लाग्ने हुन्छ । आज केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने पनि उहाँले बताउनुभयो ।

पानी परेका ठाउँमा मेघगर्जन र चट्याङ्ग पनि पर्ने मौसमविद् बासीले बताउनुभयो । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव परेको छ ।

यसकै प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बद्ली भएको हो । तर, आज ठूलो पानी भने नपर्ने मौसमविद्ले बताएका छन्  । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया