अमेरिकी राष्ट्रपति ट्रम्पलाई दक्षिण अफ्रिकाको जवाफ, किसानको साम...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - दसौँ एसियाली भैँसी सम्मेलन आजदेखि सुरु हुँदैछ। भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुन लागेको हो ।
भैँसी पालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसी पालनको विकास र सबलीकरणमा योगदान पु–याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियालीबफेलो एसोसिएशन र इन्टरनेशनल बफेलो फेडेरेसनले कार्यक्रमको आयोजना गरेका हुन् कार्तिक १२ गतेसम्म भर्चुअल माध्यमबाट हुने भैँसी सम्मेलनमा १७ देशका विज्ञले सात विधामा १ सय ३५ भन्दा धेरै कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सम्मेलनमा तीन सय ५० भन्दा धेरै वैज्ञानिकको सहभागिता रहनेछ । वैज्ञानिक, प्राध्यापक र विद्यार्थी सहभागी भएर पाँच दिनसम्म छलफल हुनेछ । सन् २०१७ मा सौराहामा स्थानीय रुपमा भएको भैँसी सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो । नेपालमा दुग्ध उत्पादनमा भैँसीको झण्डै ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको तथ्याङ्क छ ।
सन् २०१७ मा नेपालमा भएको सम्मेलनपछि नै विश्वविद्यालय भैँसी अनुसन्धानमा दीर्घकालीन योजना निर्माणमा लागिपरेको छ । सम्मेलनकै कारण वैज्ञानिकबीचको सञ्जालमार्फत ज्ञान, सीप आदानप्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालमा झण्डै ५२ लाख भैँसीको सङ्ख्या रहेको तथ्याङ्क छ ।
स्थानीय जातमा पहाडतिर लिमे, पारकोटे, गड्डी र तराईतिर तराई जात र मुर्रा जातका भैँसी पालन हुँदै आएका छन् । नेपालमा पछिल्लो समय आयात गरिएका हाइब्रिड जातका भैँसी पालन समेत बढ्दो क्रममा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।