आज अमेरिकी डलरको भाउ बढ्यो
माघ २२, २०८१ मंगलबार
खाेटाङ - हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भिरबाट लडेर ज्यान गएकाे छ ।
काठमाण्डौबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जाने क्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा रहेकाे पङ्खु खोलामा हिजाे बेलुका भिरबाट लडेर पत्रकार राई ज्यान गएकाे हाे ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइ सरेका पत्रकार राई नेपाल पत्रकार सङ्घ हङकङका अध्यक्ष हुनुहुन्थ्यो । राई दुई दशकदेखि हङकङबाट प्रकाशन हुँदै आएकाे एभरेष्ट साप्ताहिककाे सम्पादक हुनुहुन्थ्यो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहकाे नेतृत्वमा खटिएका प्रहरीले गएराति २ बजे शवलाई जिल्ला अस्पताल पुर्याएको थियो । राईलाई अस्पतालले मृत घाेषणा गरेकाे हाे ।
धरानबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव जिम्मा दिने तयारी गरिएको प्रहरी निरीक्षक शाहले बताउनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।