एमालेको पालिका अधिवेशन आज : ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै

 कात्तिक ९, २०७८ मंगलबार ७:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ ।

अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय, थापाथलीबाट दिउँसाे १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै हुनुहुन्छ । पालिका अधिवेशनको उद्घाटनका लागि प्राविधिकलगायत तयारी पूरा भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा भने आज अधिवेशन हुने छैन । प्रभावित धेरैजसो जिल्लामा आउँदो १५ गते अधिवेशन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । एमालेको वडा अधिवेशन पनि बाढी प्रभावित क्षेत्रमा रोकिएको छ ।

धेरैजसो जिल्लामा १२ गते वडा अधिवेशन गर्ने तयारी भएको छ । अन्य क्षेत्रमा भने गएको ६ गते नै वडा अधिवेशन भएको थियो  । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले पर्सि स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया