सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - इलामका पूर्णचन्द्र तामाङले श्रीमती र छोरीको हत्या गरेका छन् ।
देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय कमल भनिने तामाङले ३५ वर्षीया श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको इलाम प्रहरीले जनाएको छ ।
आफू धामी भएको भन्दै उनले श्रीमती र छोरीलाई हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गएराति हत्या गरेकाे भए पनि स्थानीयले खबर गरे पछि प्रहरीले बिहान मात्र थाहा पाएको थियो । तामाङले श्रीमती छोरीसँगै घरमा पालेको कुकुरसमेत मारेको प्रहरीले जनाएको छ । श्रीमती र छोरीको हत्या गर्ने तामाङलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।