संविधानले दिएको जिम्मेवारी पूरा गरेर मात्र बाहिरिन्छु : प्रधानन्यायाधीश राणा

 कात्तिक ९, २०७८ मंगलबार १९:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान र कानुनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने बताउनुभएको छ । प्रधानन्यायाधीश र न्यायाधीशहरूको बीचमा आज मङ्गलवार भएको भेटमा उहाँले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउनुभएको हो ।

प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको छलफलपछि सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीशले भनेको कुरालाई उद्धृत गर्दै भन्नुभयो, ‘संविधान र कानुन बमोजिम नियुक्त भएको प्रधानन्यायाधीशले संवैधानिक दायित्व गर्नुपर्छ, म त्यो पूरा गर्न सक्षम छु, संविधान र कानुनले दिएको जिम्मेवारी पूरा गरेर म बाहिरिन्छु ।’

प्रधानन्यायाधीश जबराले आफूले सेवाबाट बाहिरिनुपर्ने हो भने प्रश्न उठाइएका अरू न्यायाधीशले पनि राजीनामा दिनुपर्ने अनि आफूले राजीनामा दिने समेत छलफलमा भन्नुभएको छ । प्रवक्ता दाहालले प्रधानन्यायाधीशले भनेको कुरा उद्धृत गर्दै भन्नुभयो, ‘तपाईँहरूले भने जसरी म बाहिरिनु राजी छैन, यदि सेवाबाट मैले राजीनामा दिनुपर्ने हो भने जुन–जुन श्रीमानका विषयमा प्रश्न उठेको छ उहाँहरूले पनि राजीनामा दिए म पनि राजीनामा दिन तयार छु ।’

प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूलाई संविधान र कानुन बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको छ । सर्वोच्च अदालतमा हिजो साेमवार र आज पेसी तोकिए पनि बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढा–टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।

प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट) हिजाे सोमवार बस्ने भनिए पनि न्यायाधीशहरू उपस्थित नभएका कारण बस्न सकेन । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र त्याे प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरू पूर्ण बैठकमा नगएपछि बैठक बस्न सकेको थिएन । भाेलि बुधवार फेरि प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल हुनेछ ।     

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया