शुक्रबारदेखि ललितपुरमा पुष्प प्रदर्शनी हुने

 कात्तिक १०, २०७८ बुधबार १०:२८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आउँदाे शुक्रबार अर्थात् पर्सिदेखि ललितपुरको जाउलाखेलमा पुष्प प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले पर्सिदेखि सोमबारसम्म ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्न लागेको हो ।

फूलको व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी पुष्प प्रदर्शनी आयोजना गरिने भएको हो । प्रदर्शनीमा ४८ स्टल रहनेछन् । प्रदर्शनीमा सहभागी नर्सरी व्यवसायीलाई प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

झण्डै ३५ हजार भन्दा धेरैले अवलोकन गर्ने अनुमान गरिएको मेलामा ५० लाख रुपैयाँको कारोबार हुने आयोजकको अपेक्षा छ । यस प्रदर्शनीमा स्वदेशमा व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूल बिरुवाको बिक्री वितरण समेत गरिनेछ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया