प्रतिनिधि सभा बैठकमा एमालेकाे अवराेध, अर्काे बैठक कात्तिक २९ गते

 कात्तिक ११, २०७८ बिहिबार १४:५४:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आज बिहीवार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध गरेको छ । दशैँपछि पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् ।

पार्टी विभाजन गरेर एकीकृत समाजवादी पार्टी निर्माणमा सभामुख अग्नि सापकाेटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले भदौ २३ गतेदेखि संसद् बैठकमा अवरोध गर्दै आएको छ । पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले अवरोध जारी राखेको हो ।

एमालेको अवरोधकै बीच प्रधानमन्त्रीका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

संसद्को अर्को बैठक आउँदो २९ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।   

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया