९/१० लाख मानिसले ‘एकैचाेटि फाराम भर्न खाेज्दा’ लाइसेन्सकाे अनलाइन आवेदन बन्द

 कात्तिक ११, २०७८ बिहीबार १८:८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ । 

यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको छ । मर्मतका लागि भन्दै आज बिहीवारदेखि अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो ।

विभागले नयाँ लाइसेन्सको आवेदन गएकाे सोमवार बेलुकीदेखि खुला गरेको थियो । तर, छ महिनापछि आवेदन खुलेसँगै एकै चोटी चाप पर्दा प्रणालीमा समस्या आएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिनुभयो ।

उहाँले लाइसेन्स आवेदन खुला गर्नासाथ झन्डै ९/१० लाख मानिसले एकैचोटि फाराम भर्ने प्रयास गर्दा हिजाे बुधवारदेखि सर्भर पूर्ण रूपमा बन्द रहेको बताउनुभयो । प्राविधिकसहितको टोलीले मर्मतको काम सुरु गरिसकेकाले जति सक्दो चाँडो आवेदन खुलाउने उहाँले बताउनुभयो ।

सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएर बसेका अझै साढे तीन लाख बढी लाइनमा छन् । यो सङ्ख्या काठमाण्डाै उपत्यकामा रहेका कार्यालयमा सबैभन्दा बढी छ । उपत्यकामा चार र उपत्यकाबाहिर २१ वटा यातायात व्यवस्था कार्यालय छन् । विभागका सूचना अधिकारी भुसालले यसअघि नै आवेदन दिएर बसेकाहरूको पालो पहिले आउने बताउनुभयो । उहाँले भर्खरै आवेदन दिएकाहरूको पालो भने उपत्यकामा भए चार महिनामा र उपत्यकाबाहिर भए एक महिनामा आउने जानकारी दिनुभयो ।

विभागले अहिले नयाँ मापदण्डअनुसार लाइसेन्सको परीक्षा लिन सुरु गरेको छ । नयाँ मापदण्डअनुसार लिखितमा ६० प्रतिशत र प्रयोगात्मक (ट्रायल) परीक्षाका विभिन्न चरणमा ७० अङ्क ल्याएमा पास भइनेछ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया