संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

 कात्तिक ११, २०७८ बिहिबार १८:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रवार मध्यरातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

गएको भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको नवौँ अधिवेशनको १३ वटा बैठक नेकपा एमालेले अवरोध गरेको थियो । आज पनि एमालेको अवरोधकै बीच चलेको बैठकले केही प्रस्ताव पारित गर्दै अर्को बैठक कात्तिक २९ गतेका लागि बोलाएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया