चट्याङ लागेर इलाममा एकजनाको मृत्यु, दुईजना घाइते

 भदौ २०, २०७५ बुधबार १०:६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – इलाममा मंगलबार चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । 

चट्याङ लागेर माइनगरपालिका वडा नम्बर ६ की २७ वर्षकी कुमारी योङ्गहाङ्ग लिम्बुको ज्यान गएको हो । चट्याङ लागेर घाइते भएकी लिम्बुको स्थानीय क्लिनिकमा उपचारको क्रममा ज्यान गएको हो । 

चट्याङबाट त्यही नगरपालिकाका माया लिम्बु र पवित्रा लिम्बु घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भैरहेको छ । 

घाइतेमध्ये २२ वर्षीया माया लिम्बुको अवस्था गम्भीर रहेको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयोे । उहाँका अनुसार २२ वर्षीया पवित्रा लिम्बुको अवस्था भने सामान्य रहेको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया