थप ५ सय ४९ जनामा काेराेना पुष्टि, ५ सय ६९ जना निकाे

 कात्तिक १२, २०७८ शुक्रबार १६:२६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा पाँच सय ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरी नौ हजार सात सय ४६ जनाको नमुना परीक्षण गर्दा पाँच सय ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख ११ हजार आठ सय ९७ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार चार सय २८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ६९ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९० हजार तीन सय ५८ पुगेको छ ।

यही अवधिमा ६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । याेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ८८ पुगेको छ ।

अहिले नेपालमा १० हजार एक सय ५१ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ४२ जनाको आईसीयू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख २५ हजार पाँच सय २७ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।  

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया