ओली र प्रचण्डले गरे पार्टी एकता तथा सरकारको कामबारे समीक्षा

 भदौ २०, २०७५ बुधबार १०:३८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टी एकता र सरकारको कामबारे समीक्षा भएको छ । तल्लो तहको पार्टी एकतालाई छिटै टुंगोमा पुर्याउने र सरकारको काम प्रभावकारी बनाउनेबारे दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । 

यसअघि मंगलबार बेलुकी पनि उहाँहरुबीच भेटवार्ता भएको थियो । नेकपाले प्रभावकारी काम गर्न नसक्ने आफ्ना मन्त्री हेरफेर गर्ने तयारी पनि गरेको छ । सरकारको काम प्रभावकारी हुन नसकेको गुनासो बढिरहेको बेला कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरु हेरफेर गर्ने तयारी भएको हो । दुई अध्यक्षबीचको छलफलमा यसबारे पनि कुरा भएको बुझिएको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया