केही दिनयता लगातार तापक्रम घट्दै : चिसो बढ्यो

 कात्तिक १३, २०७८ शनिबार ७:३९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केही दिनयता लगातार तापक्रम घट्दै गएको छ । आज बिहान ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो हिजोको तुलनामा झण्डै दुई डिग्री सेल्सियसले कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको थियो । अस्ति १२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएकोमा बुधवार १३ दशमलव ५ डिग्री सेल्सियस थियो।

देशका अरु ठाउँमा पनि चिसो बिस्तारै बढ्दै गएको मौसमविद्ले बताएका छन् । ठूलो पानी नपरेसम्म तापक्रम बिस्तारै घट्दै जाने तर ठूलो पानी पर्याे भने एक्कासी न्यूनतम तापक्रम कम भएर चिसो ह्वात्तै बढ्न सक्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । तर अहिले पानी पार्ने कुनै प्रणाली नदेखिएकाले तत्काल पानी पर्ने र ह्वात्तै चिसो बढ्ने सम्भावना भने छैन । एक, दुई डिग्री सेल्सियसले तापक्रम घट्दै गएको भए पनि चिसो अनुभव हुन थालेको छ ।

बिहान हुस्सु तथा कुहिरो लाग्न थालेको छ । आज पनि काठमाण्डौसहित देशका केही पहाडी भेगमा हुस्सु लागेको छ । आज गण्डकी र प्रदेश एकका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । बाँकी ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया