नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास सुरु

 कात्तिक १५, २०७८ सोमबार १४:१३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास 'एक्स–टेक नेल २२' काे सुरु भएकाे छ । छाउनीमा रहेकाे रेन्जर गणमा आज साेमवार आयोजित एक समारोहका बीच नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास सुरु भएकाे हाे । 

नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुवप्रकाश शाहको उपस्थितिमा सुरु भएकाे कार्यक्रममा अमेरिकी राजदूतावासको प्यासिफिक अगमेन्टेशन टिम तथा रक्षा सहयाेग कार्यालय  (ओडीसी) प्रमुख, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरू मध्येबाट झन्डै ५० जना तथा अमेरिकी सेनाका झन्डै २० जना सम्मिलित याे तालिम आउँदाे मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ । काठमाण्डौ, पोखरा र अन्नपूर्ण आधार शिविर क्षेत्रमा सञ्चालन हुने यस तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान दिलाउने उद्देश्य रहेको छ । 

यस किसिमको संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरूमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धारसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक क्षमता अभिवृद्धि हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया