एपीएफलाई २ विकेटले हराउँदै पुलिसकाे लगातार तेस्राे जीत
चैत १, २०८१ शुक्रबार
खोटाङ, भदौ २० - खोटाङमा मंगलबार एक व्यक्तिको शव वेवारिसे अवस्थामा फेला परेको छ ।
रावाबेसी गाउँपालिकाको रवुवाघाटमा सडेको अवस्थामा वेवारिसे शव फेला परेको हो ।
रवुवाघाटमा रहेको खोलाको भंगालोमा बालुवामा टाउको गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
घटनाको प्रकृति हेर्दा खोलाले बगाएर ल्याएको हुन सक्ने र मृतककको शव सडेको अवस्थामा भेटिएकोले पहिचान गर्न सकिएको छैन ।
अन्दाजी २२ वर्ष उमेरको जस्तो देखिने शवमा किरा परेको र छुँदा मासु खस्ने अवस्थामा फेला परेको प्रहरीको भनाई छ । वेवारिसे शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलिले पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल दिक्तेल ल्याएको केसीले जानकारी दिनुभयो ।
कोही व्यक्ति हराएको भए जानकारी गराइदिन भन्दै सबैतिर जानकारी गराइएको तर कोही पनि मानिस सम्पर्कमा नआएकोले शव पहिचान गर्न समस्या भएको केसीको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।