टक्सार विभागमा सुन–चाँदीकाे असर्फी किन्नेकाे भिड

 कात्तिक १६, २०७८ मंगलबार १३:५५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बबरमहलमा रहेको नेपाल राष्ट्र बैंकको  टक्सार विभागमा असर्फी (सिक्का) किन्नेको भिड लागेको छ । तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि आज मङ्गलवार सुन र चाँदीको असर्फी किन्नेहरूको भिड लागेको हो । 

असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढी मानिसहरूको भिड देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिनुभएको छ । उहाँले चाँदीको असर्फी भने पाउने आशा गर्नुभएको छ । 

हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गर्नुभएका सिनामङ्गलका विजय उपाध्यायले पनि भिडका कारण यस वर्ष सुनको असर्फी पाउने आशा मार्नुभएको छ । उहाँले पनि चाँदीको असर्फी भने आउने आशा व्यक्त गर्नुभयो । 

टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अङ्कित असर्फी तयार गरेको छ । पाँच ग्राम असर्फीको मूल्य ४० हजार चार सय ३८ रुपैयाँ र दुई दशमलव पाँच ग्राम असर्फीको बिक्री मूल्य २० हजार दुई सय १९ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दशैँ र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Janak Sharma

    Nov. 3, 2021, 7:36 a.m.

    काठमाण्डौमा मात्र किन ? हामी बाहिर बसेकाले कहिले पाउने ??

  •  0 Reply

तपाईको प्रतिक्रिया