धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण, ट्रफीमा कालापत्थरको ढुङ्...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै : आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई ६ विकेटले हराएको छ ।
यूएईको आबुधाबीमा बङ्गलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १३ ओभर तीन बलमा चार विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका लागि कप्तान तेम्बा बभुवाले नटआउट ३१ रन बनाए । बङ्गलादेशका तस्किन अहमदले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेश १८ ओभर २ बलमा ८४ रन बनाउँदा अलआउट भयो । उसका लागि मेहदी हसनले २७ र लिटन दासले २४ रन बनाउनुबाहेक अरूले राम्रो अङ्कमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका कागिसो रबाडा र एनरिच नोर्टजेले तीन/तीन विकेट लिए ।
आजको जितसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । तर अस्ट्रेलिया भने बाहिरिने सम्भावना बढेको छ । यो समूहबाट इङ्ल्याण्ड आठ अङ्कसहित सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिकाको चार खेलमा ६ अङ्क भएको छ । अस्ट्रेलियाकाे तीन खेलमा चार अङ्क छ । बङ्गलादेश र श्रीलङ्का भने बाहिरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।