टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदै

 कात्तिक १७, २०७८ बुधबार ११:८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप  क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

दिउँसो पौने चार बजे दुबईमा न्युजिल्यान्ड र स्कटल्यान्ड तथा बेलुका पौने आठ बजे आबुधाबीमा भारत र अफगानिस्तान खेल्दैछन् ।

सेमिफाइनलमा पुग्न न्युजिल्यान्डका लागि यो खेल महत्त्वपूर्ण छ । समूह दुईबाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । यस्तै भारत पनि सेमिफाइनल पुग्ने झिनो सम्भावना कायम राख्न आजको खेल ठूलो अन्तरले जित्नैपर्ने दबाबमा छ । भारत पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो ।

भारतले अफगानिस्तानसँगै नामिबिया र स्कटल्यान्डलाई समेत ठूलो अन्तरले हराउन पर्छ । अफगानिस्तान समूह दुईको दोस्रो स्थानमा छ । उसले तीन खेलमा दुई खेल जितेको छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया