सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - तिहार र छठ मनाउन गाउँ फर्किनेहरुलाई धमाधम कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
सरकारले तिहार तथा छठ मनाउन काठमाण्डौ उपत्यकाबाट गाउँ फर्किने नागरिकहरुलाई उपत्यकाका विभिन्न ठाउँहरुबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेहरुलाई काठमाण्डौ उपत्यकाको बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्की चोकमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।
कोरोना विरुद्धको खोप लगाउन दिएको खबर सञ्चारमाध्यमबाट सुनेपछि कोरोनाविरुद्धको खोप लगाउन आएकाे नागरिकहरुले बताएका छन् ।
उनीहरुले सरकारले गरेको यो कार्यक्रम उचित रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप लगाउन पाउँदा आफूले सुरक्षित महसुस गरेको बताएका छन्।
मन्त्रालयका अनुसार दुई दिनसम्म सञ्चालन हुने खोप अभियान बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ । हिजाेदेखि सुरु भएको खोप अभियान नागरिकले आफ्नो परिचयपत्र देखाएर लगाउन सक्नेछन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।