टी–२० विश्व कप : न्युजिल्यान्डले स्कटल्यान्डलाई हरायाे

 कात्तिक १७, २०७८ बुधबार १९:४९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले हराएको छ ।

यूएईको दुबईमा न्युजिल्यान्डले दिएकाे एक सय ७३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५६ रन मात्रै बनाउन सक्यो । उसका लागि मिचेल लियस्कले सर्वाधिक ४२ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बाेल्ट र इश साेधीले दुई/दुई विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७२ रन बनायो । उसका लागि मार्टिन गुप्तिलले सात छक्का र ६ चौकासहित ९३ रन बनाए ।

आजको जितसँगै न्युजिल्यान्डकाे तीन खेलमा चार अङ्क भएको छ र सेमिफाइनलको सम्भावना बलियो बनेको छ । याे समूहका सेमिफाइनलमा जानका लागि न्युजिल्यान्ड सबैभन्दा बलियाे देखिएकाे छ । यदि अफगानिस्तानले आफ्नाे बाँकी दुई खेल जितेकाे अवस्थामा आठ अङ्कसहित सेमिफाइनलमा पुग्नेछ । यदि अफगानिस्तानसँग न्युजिल्यान्डले हारेमा भारत र अफगानिस्तानका लागि सेमिफाइनलकाे ढाेका खुल्नेछ । यस्ताे स्थितिमा तीन टिमकाे ६ अङ्क हुनेछ र राम्राे रन रेट हुने टिमले सेमिफाइनल खेल्नेछ । 

स्कटल्यान्ड भने तीन खेलमा अङ्कविहीन भएकाले बाहिरिएको छ । समूह दुईबाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया