बङ्गलादेशले दिएकाे ७४ रनकाे लक्ष्य अस्ट्रेलियाले ३८ बलमै भेटायाे

 कात्तिक १८, २०७८ बिहिबार १८:२०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले बङ्गलादेशलाई आठ विकेटले हराएकाे छ । दुबईमा बङ्गलादेशले दिएकाे ७४ रनकाे लक्ष्य अस्ट्रेलियाले मात्र दुई विकेट गुमाएर ३८ बलमै भेटाएकाे हाे । 

अस्ट्रेलियाका लागि एरन फिन्चले २० बलमा ४० रन बनाए । यस्तै डेभिड वार्नरले १८ र मिचेल मार्शले अविजित १६ रन बनाए । बलिङतर्फ तस्किन अहमद र शाेरिफुल इस्लामले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे बङ्गलादेश १५ ओभरमा अलआउट हुँदै ७३ रन बनायाे । बङ्गलादेशका लागि शमिम हाेसनले १९, माेहम्मद नइमले १७ र कप्तान महमदुल्लाहले १६ रन बनाए । 

याे जितसँगै अस्ट्रेलिया अङ्क तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । अब अस्ट्रेलियाकाे चार खेलमा ६ अङ्क भएकाे छ । याेसँगै उसकाे सेमिफाइनलकाे सम्भावना कायमै छ । बङ्गलादेश भने यसअघि नै बाहिरिइसकेकाे छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया