टी–२० विश्व कपमा न्युजिल्यान्डले नामिबियालाई हरायो

 कात्तिक १९, २०७८ शुक्रबार १९:३०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको आज शुक्रवारकाे पहिलो खेलमा न्युजिल्यान्डले नामिबियालाई ५२ रनले हराएको छ ।

यूएईको सारजाहमा न्युजिल्यान्डले दिएको एक सय ६४ रनको लक्ष्य पछ्याएको नामिबियाले सात विकेट गुमाएर एक सय ११ रन मात्रै बनाउन सक्यो । नामिबियाका लागि माइकल लिनगेनले सर्वाधिक २५ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथी र ट्रेन्ट बोल्टले समान दुई/दुई विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ६३ रन बनायो । न्युजिल्यान्डका लागि जेम्स निशमले सर्वाधिक नटआउट ४५ रन बनाए । आजको जितसँगै न्युजिल्यान्ड चार खेलमा ६ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा पुगेको छ र सेमिफाइनलको सम्भावना बलियो बनाएकाे छ ।

याे समूहकाे पाकिस्तान आठ अङ्कसहित पाकिस्तान सेमिफाइलनमा पुगिसकेको छ । यो समूहबाट न्युजिल्यान्ड, अफगानिस्तान र भारत सेमिफाइनलको दौडमा छन् ।

अहिले दाेस्राे खेलमा स्कटल्यान्ड र भारत खेल्दैछन् । सेमिफाइलनको सम्भावना जीवितै राख्न भारतलाई आजको खेल ठूलो अन्तरले जित्नैपर्ने दबाब छ । भारत र नामिबियाको समान दुई–दुई अङ्क छ र उनीहरू क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । स्कटल्यान्ड भने प्रतियोगिताबाट बाहिरिसकेको छ । आजकाे हारसँगै नामिबिया पनि बाहिरिएकाे छ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया