भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेपालको तराई क्षेत्रको वायु प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ । वायुको गुणस्तर मापन सूचक अर्थात् एअर क्वालिटी इन्डेक्स एक्वुआई दुई सयभन्दा माथि गएपछि त्यहाँको हावा अस्वस्थ रहेको मानिन्छ ।
केही घण्टादेखि विराटनगर, जनकपुर, महेन्द्रनगरलगायतका ठाउँमा रहेका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा बढी देखाइरहेका छन् । पानी पर्न छाडेको केही दिनमात्र भएको र चिसो मौसम भर्खर सुरु भएकाले वायु प्रदूषण कम हुने भए पनि प्रदूषण बढेको हो । भारतमा वायुको प्रदूषण बढेकाले त्यसको असर नेपालको तराई क्षेत्रमा परेको वातावरणविद्हरू बताउँछन् ।
भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण आज वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ । भारतमा सहरमा मानिसहरूले हिजाे बिहीवार दीपावलीकाे राति धेरै पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको बीबीसीले जनाएको छ । अत्यधिक धुवाँसँगै दिल्ली विश्वको सबैभन्दा बढी प्रदूषित हावा भएको सहर बनेको छ ।
दीपावलीको समयमा आतसबाजीका प्रदूषित कणहरू वायुमण्डलको तल्लो सतहमै रहने हुँदा हावाको गुणस्तरलाई झनै बिगारेको खबरमा उल्लेख छ । बिहान दिल्लीमा धेरै मानिसले आँखा पिरो भएको र घाँटी चिलाएको बताएका छन् ।
प्रदूषणको स्तरलाई कम गर्न भारत सरकारले यस वर्ष पटाका बिक्री वितरणमा प्रतिबन्ध लगाएको भए पनि खुलेआम बिक्री र पड्काउने काम भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।